शेयर बजारमा नयाँ कीर्तिमान, पौने २६ अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ मा हालसम्मकै उच्च रकम कारोबार भएको छ । आज नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो ।

आज नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ को विन्दुमा कायम भएको छ । यो तीन दशमलव ४१ प्रतिशतको वृद्धि हो ।

तीन सय ३० कम्पनीको छ करोड तीन लाख २१ हजार तीन सय २३ कित्ता शेयर दुई लाख ७५ हजार दुई सय सात पटक खरिद बिक्री हुँदा रु २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार पाँच सय नौ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै बढ्नेमा जीवन बीमा समूह चार दशमलव ५५ र लघुवित्त समूह चार दशमलव ४० प्रतिशतले बढेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होनरले ल्यायो दशैंको लागि रमाइलो अफर : थाइल्यान्ड भ्रमण र थप पुरस्कार

काठमाडौँ । होनर नेपालले प्रतीक्षित दशैं अफर शुरु गरेको छ । यो अफरमा ग्राहकहरूको लागि …

प्रतिकृया दिनुहॊस