‘सक्किगोनि’ का ‘इन्स्पेक्टर’ कलाकार आचार्यसहित ११ जना ‘सक्कली’ पुलिसको फन्दामा

काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’ मा पुलिस बनेर अभिनय गर्ने कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना ‘सक्कली’ पुलिस (प्रहरी) को फन्दामा परेका छन् ।

टेलिश्रृंखलामा बदमासी गर्नेलाई ठिक ठाउँमा ल्याउने कलाकार आचार्य आफै पुलिसकोमा पुगेका हुन् । कलाकार आचार्यसहित ११ जना काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । ‘सक्किगोनि’ मा उनी प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिने गरेका छन् । उनी नेपाल प्रहरीका पूर्व इन्स्पेक्टर भएको स्रोतले जनाएको छ ।

उनीहरुलाई काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीका अनुसार, काभ्रेको बनेपा नगरपालिका–१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेका थिए । राजुसहित ११ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको थियो । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपसभापति गुरुङमाथि छानबिन हुनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने …

प्रतिकृया दिनुहॊस