इटहरीमा विद्युतीय नगर बस, यात्रुले कहिलेदेखि चढ्न पाउँछन् ?

विराटनगर । इटहरी उपमहानगरपालिकाले चार वटा विद्युतीय बस ल्याएको छ । उपमहानगरले नगरबस सञ्चालन गर्न चार वटा बस ल्याएको हो ।

इटहरी नगरभरि सहज र सरल रूपमा यातायातको सेवा पुर्‍याउने उद्देश्यले नगर बस सञ्चालनमा ल्याउन लागेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । ‘असोज १ गतेबाट नगरबस सञ्चालनमा आउने तयारी छ,’ उनले भने, ‘चार वटा बसले इटहरीको ४ वटै क्षेत्रलाई समेट्ने गरी रुट तय गरिनेछ ।’

गत ८ फागुनमा उपमहानगरले ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता गरेको थियो । महानगरपालिकाले १९ वटै वडासम्म पहुँच पुग्ने गरी नगरबस सञ्चालन गर्ने तयारी गरेको छ । बसमा सीसी क्यामेरालगायत सुविधा थप गर्ने प्रदान गरिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शेयरबजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको चौथो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से २०.४१ अंकले घटेको छ । …

प्रतिकृया दिनुहॊस