काभा महिला भलिबलको उपाधिका लागि भारतसँग भिड्दै नेपाल

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा साँझ ५ बजेबाट सुरु हुनेछ ।

मंगलबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा नेपालले इरानलाई ३-० को सोझो सेटमा हराएको हो भने भारत पनि श्रीलंकालाई सोझो सेटमा हराउँदै फाइनलमा‌ प्रवेश गरेको थियो । नेपालले लिग चरणको खेलमा दक्षिण एसियाली जाइन्ट भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको थियो ।
लिग चरणमा नेपालले भारतलाई पराजित गरिसकेको हुनाले आज फाइनलमा नेपाल उच्च मनोबलका साथ खेल्दै छ । फाइनल खेलमा खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री केपी शर्मा ओली समेत उपस्थिति हुने भएका छन् ।

त्यस्तै आजै तेस्रो स्थानको खेल इरान र श्रीलंकाबीच दिउसो २ बजेदेखि हुने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ब्याटिङ नचल्दा क्यानडासँग नेपालको फराकिलो हार

काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडासँग लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न …

प्रतिकृया दिनुहॊस