तीन एआईजीको सरुवा, एकको पदस्थापन

काठमाडौं । सरकारले नेपाल प्रहरीका तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा तथा बढुवा भएका एक एआईजीको पदस्थापन गरेको छ ।

सोमबारको मन्त्रिपरिषद बैठकले तीन एआईजी दीपक थापा, किरण बज्राचार्य र श्यामलाल ज्ञवालीको सरुवा तथा एआईजी बढुवा भएका रामदत्त जोशीलाई पदस्थापन गरेको हो । यसअघि प्रहरी प्रधान कार्यालयले गृहमा हालै बढुवा सिफारिस भएका एआईजी रामदत्त जोशीको पदस्थापनसँगै थप तीन एआईजीको सरुवा प्रस्ताव गरेको थियो ।

बैठकले नव नियुक्त एआईजी जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नक्सालमा पदस्थापन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको पनि सरुवा गरिएको छ ।

अहिले मेट्रो, रानीपोखरीका प्रमुख एआईजी दिपक थापालाई सीआईबी, लाजिम्पाट र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागकी एआईजी किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा सरुवा गरिएको छ । थापालाई सीआईबीमा पठाइएसँगै त्यहाँ रहेका श्यामलाल ज्ञवाली नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्सालमा ल्याइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने …

प्रतिकृया दिनुहॊस