काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर-६ चोभारमा पहिरो गएको छ । गए रातिदेखिको वर्षाले पहिरो जाँदा हेटौँडा-बल्खु सडकखण्ड अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि यात्रु समस्यामा परेका छन् । यद्यपि पहिरो हटाउने काम भइरहेको छ ।
उपत्यकासहित देशभरि अहिले पनि वर्षा जारी रहेको छ । निरन्तरको वर्षाले बाढी पहिरोका घटना बढ्न सक्ने भन्दा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
प्रतिकृया दिनुहॊस