काठमाडौं आउँदै गरेको माइक्रोमाथि पहिरो, पृथ्वीराजमार्ग अवरूद्ध

काठमाडौं । धादिङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ००६ ख ६५१२ नम्बरको माइक्रो पहिरोमा परेको छ । पृथ्वीराजमार्ग अन्तर्गतको धादिङको बांगेमोडमा माथिबाट पहिरोसँगै खसेको रुखले च्यापिएको हो ।

अहिले माइक्रो पहिरोबाट निकालिएको जनाइएको छ । गुडिरहेको माइक्रोमा एक्कासि पहिरो खसेको माइक्रोका चालकले बताएका छन् । उनकाअनुसार माइक्रोमा १५ जना यात्रु रहेका थिए । जसमध्ये केही घाइते छन् ।

सबै घाइतेको अवस्था सामान्य नै रहेको छ । प्रहरीले पहिरोबाट माइक्रो निकालिसकेको छ भने दुईतर्फी नै अवरुद्ध रहेको पृथ्वीराजमार्ग केही बेरपछि खुल्ने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कैलाली कारागारभित्र एक कैदीकाे मृत्यु

काठमाडौं । कैलाली कारागारमा एक कैदीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा कारागार चलान …

प्रतिकृया दिनुहॊस