सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड, पुग्यो १ लाख ५० हजार

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन आज (आइतबार)सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सयमा कारोबार भएकोमा आज ३ सयले नयाँ कीर्तिमान कायम गरेको हो ।

यस दिन छापावाला सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । यसअघि गत साउन १८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य तोलाको १ लाख ४९ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुनको मूल्य पनि ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने …

प्रतिकृया दिनुहॊस