टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आफन्तले गरे घोराही-तुलसीपुर सडक अवरुद्ध

काठमाडौं । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालक घोराही-९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको छ ।

दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार घोराही-तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै कारबाहीको माग गर्दै घोराही-तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री