आश्मा केसी बनिन् मिस नेपाल-२०२४

काठमाडौं । सन् २०२४ को मिस नेपाल आश्माकुमारी केसीले जितेकी छन्। शनिबार काठमाडौंमा सम्पन्न प्रतियोगितामा उनले मिस नेपाल वर्ल्डको ताज हात पारेकी हुन् ।

यस्तै, मिस नेपाल अर्थको उपाधि सुमना केसीले जितेकी छिन् । त्यस्तै, मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले हात पारिन् ।

अन्य विधामा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द इयर, दीक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र कृति श्रेष्ठ वुमन विथ विंग्स बने ।

हरेक विधाका विजेतालाई नगद २५-२५ हजार पुरस्कार प्रदान गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री