सुनको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो ।

आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ प्रतितोला १७ सय ९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँ घटेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री