काठमाडौं ढल्कुमा छिमेकीबीच ‘ग्याङ फाइट’, खुकुरी प्रहारबाट एकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१७ पोडेटोलस्थित २ नम्बर गल्लीमा छिमेकी–छिमेकीबीच ‘ग्याङ फाइट’ हुँदा एक जनाको ज्यान गएको छ । विवादका क्रममा खुकुरी प्रहार हुँदा ३३ वर्षीय अनिल पुजारीको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ६ जना घाइते भएका छन् ।

घाइेत हुनेमा पोडेटोल घर भएका ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षीय अमृत पुजारी छन् । उनीहरूको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनामा संलग्न चार पुरुष र तीन महिला गरी सात जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ वर्षीय सागर देउला, ४६ वर्षीय रविन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टीकामाया पुजारी र २२ वर्षीया सञ्जाली पुजारी छन् । उनीहरूलाई प्रहरी वृत सोह्रखुट्टेमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट एउटा खुकुरी पनि बरामद गरेको छ । प्रहरीले घटनाबारे अुनसन्धान थालिएको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आजको पञ्चाङ्ग   वि.सं. असोज ०१, २०८१ । ई.सं. 17 Sep, 2024 । शक संवत् १९४६ …

प्रतिकृया दिनुहॊस