राप्रपाका जिल्ला अध्यक्षहरूको भेला आजदेखि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरुको भेला आज (बिहीबार) देखि काठमाडौँमा शुरु हुँदैछ । आज र भोलि धुम्बाराहीस्थित एसआर बैंक्वेटमा हुने जिल्ला अध्यक्षहरूको भेलाको उदघाटन अध्यक्ष राजेन्द्र लिङदेनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको समीक्षा गर्नुका साथै आगामी रणनीति तय गरिने कार्यसूची रहेको छ । भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरुलाई ब्रिफिङ गर्नेछन् भने पार्टीका शीर्ष नेताहरुले सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविको पक्राउपछि तातियो पोखरा, निरन्तर प्रदर्शनको तयारीमा रास्वपा

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । राजनीतिक प्रतिशोधविरुद्धको भनिएको ऐक्यबद्धताका लागि दिउँसो १२ बजेपछि पोखराको पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो ।

प्रतिकृया दिनुहॊस