इर्खुवा हाइड्रोका २ कामदारलाई खोलाले बगायो

काठमाडौं । भोजपुरको सिल्पा सिलिचो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले २ जनालाई बगाएको छ । बाढीले इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदारलाई बगाएको भोजपुर प्रहरीले जनाएको छ ।

राती १ बजे तिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका २ जना कामदार हराएको भोजपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिम्सिनाले बताए ।

बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन् ।

यस्तै २६ वर्षीय राम किसन थारुको उद्धार गरिएको छ । उनको शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । अहिले स्वास्थ्य चौकी कुलुमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

बाढी आएको क्षेत्र उत्तरी भोजपुरमा पर्दछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हार स्वीकार्दै कमलाले भनिन्- ‘शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण हुन्छ’

काठमाडौं । अमेरिकी उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले चुनावी हार स्विकार्दै समर्थकलाई …

प्रतिकृया दिनुहॊस