सहकारी ठगीमा बयान दिन रवि लामिछानेलाई बोलाउने तयारी

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भइ विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जना सहरकारी ठगीमा संलग्न भइ विदेशमा रहेकालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

बैठकपछि सञ्चार कर्मीहरुलाई जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको बताए । विदेश फरार रहेका व्यक्तिहरु संलग्न रहेका सहकारीहरु अनुसन्धानको अनुसूची १ र २ मा छानविनको दायरामा रहे पनि विदेशमा रहेकाले सरकारले तत्काल छानविनको दायरामा ल्याउन निर्देशन दिएको उनको भनाई छ ।

उनले बचतकर्ताहरुको बचत दुरुपयोग गरेको बचत फिर्ताको सन्दर्भमा समितिले सोधपुच्छ गर्न आवश्यक भएको बताए । उनले विदेशमा रहेका १८ जनालाई पनि समितिको छानविनको दायरामा आउन जरुरी रहेको बताए । सानुपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग सम्बन्धमा छानविनको दायरामा रहेका जीबी राई, सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन,राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जन, सूर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई,तेजबहादुर बम्जन तामाङ र लिलानाथ गौतम, इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल, साना पाइलाका तस्विरण खातुन र असरफ अली, सहारा बचत तथा ऋण सहकारी र सुप्रिम सुवास के।सी, कान्तिर सहकारीका प्रेमध्वज लामा, मेगाडिम सहकारीका महाशंकर रेग्मीलाई नेपाल फर्काउन गृहमन्त्रीलाई आग्रह गरिएको हो ।

१८ जना अमेरिका, बेलायत, मेलेसिया, युरोप लगायत भारत र कतिको अज्ञात रहेकाले बचत कर्ताहरुको गुनासो रहेको छ । सहकारी ठगी गरेका आरोपमा विराटनगर, कारागार र थुनामा रहेका केही व्यक्तिका हकमा सोधपुछ गरिनेछ । सोधपुछका लागि जनशक्ति र समयको प्रवन्ध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको पनि थापाले बताए ।

उनले समितिले कारागार र थुनामा रहेका २४ जना सोधखोज गर्नुपर्ने देखिएको भन्दै सोधपुछ गर्नुपर्नेहरुको नाम गृहमन्त्रीलाई दिएको बताए । उनले बैठकमा गुण कोअप्रेटिभका सञ्चालक राजेन्द्र शाक्यले बचतकर्ताको रकम फिर्ता गरेको जानकारी दिएको पनि सभापति थापाले जानकारी दिए । रास्वपा सभापति रवि लामिछानेलाई पनि बयानका लागि बोलाउने तयारी छ ।

सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत कम्तीमा ९५ करोड ८१ लाख गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरिएको तथ्य सार्वजनिक भइसकेको छ । गोर्खा मिडिया नेटवर्कसँग मागिएका कागजात प्राप्त भइनसकेकोले उनलाई बोलाउन ढिलाई भएको हो ।

लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएकै बेला ८० करोड ३१ लाख अपचलन भएको थियो । सुप्रिमबाट २ करोड र सूर्यदर्शनबाट १ करोड लामिछानेका नाममा जम्मा भएको देखिएको थियो । गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेलाई बोलाइन लागेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds