पुष्कर खतिवडा तीन दिन थुनामै रहने, भीआईपीको मृत्युको कामना गर्दै यज्ञ सञ्चालन गरेका थिए

काठमाडौं । आफूलाई धार्मिक अभियन्ता र ज्योतिषी बताउने पुष्कर खतिवडालाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार कसुरमा खतिवडालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेको र सो कुरा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको आरोपमा खतिवडा सोमबार पक्राउ परेका थिए । झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने घरमा यज्ञ गरिरहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

भीआईपीहरुको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले बताए । फेसबुक लाइभको निरन्तरता स्वरूप उनले सोमबारदेखि काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीस्थित मण्डिखाटारमा यज्ञ सुरु गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds