तामाकोसीको सेयर बाँडफाँट अाज, अधिकांशले ५० कित्ता पाउने

काठमाडाैं । माथिल्लो तामाकोसीको प्राथमिक सेयर मंगलबार अपरान्ह तीन बजे बाँडफाँट हुने भएको छ । सो कम्पनीमा कूल ३ लाख ४६ हजारको संख्यामा आवेदन परे पनि ३ लाख ३४ हजार ‘भेरिभाइ’ भएको विक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

कूल १ करोड ५८ लाख ८५ हजार कित्ताको लागि आवेदन खुलाइएकोमा ७ लाख ९४ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको थियो । कूल १ करोड ५० लाख ९० हजार ७५० कित्ता मात्रै सर्वसाधारणका लागि बाँडफाँट हुने हो ।

सेयरमा आवेदन दिएकामध्ये ५१. ८ प्रतिशत अर्थात् १ लाख ७३ हजार बढीले ५० कित्ता सेयर पाउने भएका छन् । झण्डै १ लाख ६१ हजारले ४० कित्ताका दरले सेयर पाउने भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री