केराबारीस्थित नदीको बीचमा देखिएको बस्तु बस नभएको पुष्टि, भारतीय टोली फिर्ता हुँदै

काठमाडौं । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोसहित त्रिशूली नदीमा खसेका दुई बस बेपत्ता भएको आज १७औँ दिन पुगेको छ । दुर्घटनाको १६ दिन बितिसक्दा पनि दुई बस र सवार ३८ यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।

नेपाली र भारतीय टोलीले गरेका खोजीका सबै प्रयास असफल भएसँगै बस खोजीका लागि आएको भारतीय टोली आज फर्किँदै छ । नेपाली टोलीले अब कसरी खोजी कार्य अगाडी बढाउने भन्ने विषयमा छलफल गर्ने तयारी गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार खोजी कार्यलाई थप निरन्तरता दिने कि रोक्ने भन्ने कुरा पनि साँझसम्म टुंगो लाग्नेछ ।

यसअघि भारतीय उद्धार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको थियो । भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो ।

शनिबार साँझ चितवनको केराबारीमा नदीको बीचमा रातो बस जस्तो बस्तु देखिएको स्थानीयले बताएपछि सुरक्षाकर्मीहरूले भने सो बस्तु बस नभएको बताएका छन् । असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds