आजदेखि श्रमिकलाई पेन्सन कार्यक्रम लागू हुँदैः कस्ता श्रमिकले पाउँछन् पेन्सन ?

काठमाडाैं । निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अबकासपछि आजीवन निवृत्तिभरण (पेन्सन)को व्यवस्थासहित सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको छ। यसको औपचारिक सुरुवात सरकारले मंगलबारदेखि गर्दैछ। यो खबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्ध अबस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम सुरु गरेको हो। सामाजिक सुरक्षा कोषबाट आजीवन पेन्सनलगायत सुविधा पाउन श्रमिक र तिनको रोजगारदाता कम्पनीले कोषमा जागिर अबधिभर निश्चित रकम योगदान गर्नुपर्नेछ।

कोषमा झण्डै १९ अर्ब ३३ करोड रुपैयाँ जम्मा भइसकेको छ। कोषमा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १० प्रतिशत सञ्चयकोषबापत र ८.३३ प्रतिशत उपदानबापत समेत गरी जम्मा १८.३३ प्रतिशत रकम र श्रमिकले सञ्चयकोषबापत गर्ने १० प्रतिशत योगदान गरी जम्मा २८.३३ प्रतिशत रकमबाट वृद्ध अबस्थामा सुरक्षा योजना सञ्चालन गरिने छ। १५ वर्ष निरन्तर योगदान गरेका श्रमिकले यो सुविधा पाउनेछन्। ०७६ साउन १ गतेपछि कार्यरत श्रमिकले यो सुविधा पाउनेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप