सौर्य एयर दुर्घटना : मृतकको पोष्टमार्टम सकियो

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शव पोस्टमार्टम सकिएको छ । गत बुधबार भएको दुर्घटनाका मृतकको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम सकिएको हो ।

पोस्टमार्टम सकिएसँगै शव पहिचान कार्य आजै सुरु गर्ने र चिनिएका शव परिवारलाई बुझाउने अस्पतालको तयारी छ । १८ शवमध्ये १ महिला र बालकको शव पहिचानका लागि कुनै समस्या नभएको अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए । उनकाअनुसार अन्य १२ शवलाई परिवारले दिएको विवरणअनुसार पहिचान गर्न सकिन्छ । चार शव भने आगोले डढेका कारण पहिचान गर्न कठिन हुनसक्ने उनको भनाई छ ।

पहिचान हुन नसकेका शवको डिएनए परीक्षण गर्नुपर्ने अवस्थाका भएकोले ती शवलाई के गर्ने भन्ने बारेमा छलफल भइरहेको छ । डिएनए परीक्षण गरेर शवलाई हस्तान्तरण गर्न भने झण्डै २ हप्ता लाग्ने अनुमान छ । तर मृतकका परिवारजन बिमा र एयरलाइन्सले दिने क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडानमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघ चुनाव : प्रकाशित सदस्यता नामावलीप्रति ५२ शाखा अध्यक्षको आपत्ति

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीप्रति ५२ वटा जिल्ला शाखाका अध्यक्षहरूले आपत्ति जनाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रकाशित नामावलीप्रति आपत्ति जनाउका हुन् ।

प्रतिकृया दिनुहॊस