मोदीलाई निम्तो प्रियंकाको बिहेमा

एजेन्सी ।  बलिउड अभिनेत्री प्रियंका चोपडाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहेको निम्तो गरेकी छन् । मोदीलाई निम्तो कार्ड दिन प्रियंका हुनेवाला दुलाहा निकलाई लिएर प्रधानमन्त्री निवास पुगेकी थिइन् । मोदी बिहेमा जाने वा नजाने निर्णय भइसकेको छैन । प्रियंकाको बिहेको यही डिसेम्बर  १ र २  मा बिहे हुने कुरा  छ ।

प्रियंकाको बिहे पहिलो दिन हिन्दू परम्पराअनुसार र दोस्रो दिन क्रिस्चियन परम्पराअनुसार हुनेछ । बिहेको लागि निक जोनसको परिवार भारत आइसकेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप