सिटिजन्स बैंकका ग्राहकले बुद्ध एयरमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बुद्ध एयर प्रालिबीच विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले बुद्ध एयरका सेवामा १२ प्रतिशतसम्म छुट पाउने छन् ।

छुट सुविधा बुद्ध एयरका सबै कार्यालयका काउन्टरबाट मात्र प्राप्त हुने कम्पनीले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ ।

सिटिजन्स बैंकले देशैभरिका ६० जिल्लामा फैलिएका १९७ वटा शाखा कार्यालय, १६२ वटा एटीएम, तीन विस्तार काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट

काठमाडाै । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध प्याथोलोजि टेष्ट शुल्कमा १५ …

प्रतिकृया दिनुहॊस