न्यूरोडको फुटपाथ विस्तारमा स्थानीयको अवरोध

काठमाडौं । अदालतको आदेशपछि शुरु भएको काठमाडौँको न्यूरोडको फुटपाथ विस्तारको काममा स्थानीयले विरोध गरेका छन् । महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेको बेला शुक्रबार बिहानदेखि स्थानीयले विरोध गरेर काममा अवरोध गरेका हुन् ।

यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडि बढाएको थियो । फुटपाथ विस्तारको काममा डिभिजन सडक कार्यालय, काठमाडौँले अवरोध गरेपछि रोकिएको थियो ।

सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो ।

यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो । डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेलाई फेरि काठमाडौं ल्याउने तयारी

काठमाडौं । सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौं पनि ल्याउने गृहकार्य थालिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई मंगलबार विमानमार्फत रुपन्देहीको भैरहवा पुर्‍याइएको थियो । पोखराको सूर्यदर्शनसँगै बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा समेत अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई हवाईमार्गबाट भैरहवा विमानस्थल हुँदै इलाका प्रहरी कार्यालय बुटवल लगिएको हो ।

प्रतिकृया दिनुहॊस