काठमाडौं । मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि गत २६ असारमा नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।
प्रतिकृया दिनुहॊस