प्रधानमन्त्री ओलीको अनुरोध- सकेसम्म मेसेन्जरमार्फत सन्देश पठाउनू, भेटमा खादा-मालाको प्रयोग नगर्नू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटेर बधाई दिन नआउन शुभेच्छुकहरूलाई आग्रह गरेका छन् । नयाँ सरकार गठनसँगै बधाई दिन बालुवाटार र सिंहदरबारमा भिड लाग्न थालेपछि प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन् ।

उनले मेसेन्जरमार्फत बधाई दिन भन्दै भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गरेका छन् । ‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ,’ ओलीले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गर्छु ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds