वैवाहिक बलात्कार मुद्दामा रवि ओडले पाए सफाइ

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले अदालतबाट सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजालसले गायक ओडलाई सफाइ दिएको हो ।

उनीमाथि लगाइएको आरोपमा दाबी पुग्ने अदालतले जनाएको छ । गत चैत ४ गते ओडमाथि उनकै श्रीमतीले वैवाहिक जबरजस्ती र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरी परेपछि उनले वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । ओड पाँच लाख धरौटी तिरेर थुना बाहिरबाट मुद्दा लड्दै आएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री