वैवाहिक बलात्कार मुद्दामा रवि ओडले पाए सफाइ

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले अदालतबाट सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजालसले गायक ओडलाई सफाइ दिएको हो ।

उनीमाथि लगाइएको आरोपमा दाबी पुग्ने अदालतले जनाएको छ । गत चैत ४ गते ओडमाथि उनकै श्रीमतीले वैवाहिक जबरजस्ती र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरी परेपछि उनले वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । ओड पाँच लाख धरौटी तिरेर थुना बाहिरबाट मुद्दा लड्दै आएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

निश्चल बस्नेतले नयाँ फिल्म ‘डेनी डेन्जरस’ निर्देशन गर्ने

काठमाडौँ । गत वर्षको सुपरहिट फिल्म ‘दिमाग खराब’ बाट ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चल बस्नेतले …

प्रतिकृया दिनुहॊस