वैवाहिक बलात्कार मुद्दामा रवि ओडले पाए सफाइ

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले अदालतबाट सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजालसले गायक ओडलाई सफाइ दिएको हो ।

उनीमाथि लगाइएको आरोपमा दाबी पुग्ने अदालतले जनाएको छ । गत चैत ४ गते ओडमाथि उनकै श्रीमतीले वैवाहिक जबरजस्ती र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरी परेपछि उनले वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । ओड पाँच लाख धरौटी तिरेर थुना बाहिरबाट मुद्दा लड्दै आएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विष्णु माझीको तीज गीत ‘आइनँ आमा…’ बजारमा (भिडिओ)

काठमाडौं । लोक संगीतप्रेमी स्रोता-दर्शकको जिज्ञासा थियो- विष्णु माझीको गीत कहिले आउँछ? पछिल्ला वर्ष अरू समयमा उनका गीत नआए पनि तीजमा सधैं ल्याउने गरेकी छन् । त्यसैले यसपालि पनि उनको स्वरका प्रशंसकहरू नयाँ गीत पर्खिरहेका थिए । अन्ततः विष्णु माझीको यसवर्षको तीज गीत युट्युबमा सार्वजनिक भएको छ ।

प्रतिकृया दिनुहॊस