सिमलताल पहिरो : बेपत्तामध्ये पाँचौं व्यक्तिको शव भेटियो

काठमाडौं । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका-१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये दुईजनाको परिचय खुल्न बाँकी छ ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३-००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३-००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ आइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माओवादी केन्द्रले गर्‍यो कीर्तिपुरको उम्मेदवार घोषणा

काठमाडौं । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा माओवादी केन्द्रले उम्मेदवार …

प्रतिकृया दिनुहॊस