ब्रिटिस कलेजले किन्यो क्यानडाको १२५ वर्ष पूरानो मेरिटाइम बिजनेस कलेज

काठमाडौं । काठमाडौंमा रहेको ब्रिटिस कलेजको मुख्य कम्पनी ब्रिटिस एजुकेसन ग्रुपले क्यानडाको १२५ वर्ष पूरानो एक कलेज अधिग्रहण गरेको (किनेको) छ ।

ब्रिटिस एजुकेसन ग्रुपले क्यानडाको नोभा स्कोटियामा अवस्थित निजी मेरिटाइम बिजनेस कलेज (एमबीसी) खरिद गरेको बताएको छ । सन् १८८९ मा स्थापित कलेजले विकाससिल रोजगार बजारमा शैक्षिक उत्कृष्ठता प्रदान गर्दै आएको बताइएको छ ।

उक्त कलेजले शिक्षा मन्त्रालयको डेसिग्नेटेड लर्नि इन्स्टिच्युट (डीएलआई)को मान्यता पाएको ब्रिटिस एजुकेसन ग्रुपले जनाउको छ । यो कलेजमा अन्तर्राष्टिय विद्यार्थीसमेत भर्ना हुनसक्छन् । ग्रुपका सीईओ राजन कँडेलले नेपाल, दुबई र लन्डनमा रहेका क्याम्पससँगै अब क्यानडाबाट एकआपसमा क्रेडिट साटासाट गर्न सहज हुने बताएका छन् ।

उनले आफ्ना विद्यार्थी र नागरिकलाई वैश्विक एक्सपोजर दिने र वैश्विक नागरिक बनाउनेतर्फ अघि बढिरहेको बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds