कांग्रेस महामन्त्रीद्वयले गरे ओली सरकारमा मन्त्री नबन्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले एमाले नेतृत्वको सरकारमा मन्त्री नबन्ने घोषणा गरेका छन् । पूर्व पुगेका उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री नबन्ने घोषणा गरेका हुन् ।

आफ्नो निर्वाचन क्षेत्र झापा-१ मा भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा महामन्त्री शर्माले कांग्रेसभित्र मन्त्री बन्नेको लर्को लागिरहेको बेला सरकारमा सहभागी नहुने बताएका हुन् । यद्यपि सभापति शेरबहादुर देउवाले पनि उनलाई सरकारमा पठाउन चासो भने देखाएका छैनन् ।

अर्का महामन्त्री गगन थापाले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू महामन्त्रीको रूपमा पार्टीको कामका लागि व्यस्त हुने भएकाले मन्त्री नबन्ने बताए । आफू महामन्त्रीकै रूपमा पार्टी कामलाई प्रभावकारी बनाएर अघि बढाउने उनको तर्क छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बिपी काेइराला : राजनीति र साहित्यका समानान्तर शिखर व्यक्तित्व

क्रान्तिको सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बीपी गृहमन्त्री बने । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे ।

प्रतिकृया दिनुहॊस