एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा नजिकै पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।

आज बिहान करिब ५ बजे मौवाखोला नजिकै ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको थियो । पहिरो पन्छाएर अहिले एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा जाममा परेका सवारी साधनहरुलाई पालैपालो गन्तव्यमा पठाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बिपी काेइराला : राजनीति र साहित्यका समानान्तर शिखर व्यक्तित्व

क्रान्तिको सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बीपी गृहमन्त्री बने । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे ।

प्रतिकृया दिनुहॊस