काठमाडौं । रुपन्देहीको जानकीनगरमा बसको ठक्करबाट घाइते आमा-छोराको उपचारका क्रममा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीदरबार गाउँपालिका-६ निवासी ३० वर्षीय रुपमा खत्री र उनका ३ वर्षीय छोरा प्रिन्स खत्रीको मृत्यु भएको हो ।
उनीहरु तिलोत्तमा नगरपालिका-२ स्थित शंकरनगरमा बस्दै आएका थिए । आमाको मणीग्रामस्थि क्रिमशन अस्पताल र छोराको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाटो काट्ने क्रममा असार २१ गते उनीहरुलाई लु २ ख ६८८८ नम्बरको बसले ठक्कर दिएको थियो ।
तपाईंको प्रतिकृया



