बाटो काट्दै गर्दा बसको ठक्करबाट घाइते आमा-छोराको गयो ज्यान

काठमाडौं । रुपन्देहीको जानकीनगरमा बसको ठक्करबाट घाइते आमा-छोराको उपचारका क्रममा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीदरबार गाउँपालिका-६ निवासी ३० वर्षीय रुपमा खत्री र उनका ३ वर्षीय छोरा प्रिन्स खत्रीको मृत्यु भएको हो ।

उनीहरु तिलोत्तमा नगरपालिका-२ स्थित शंकरनगरमा बस्दै आएका थिए । आमाको मणीग्रामस्थि क्रिमशन अस्पताल र छोराको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाटो काट्ने क्रममा असार २१ गते उनीहरुलाई लु २ ख ६८८८ नम्बरको बसले ठक्कर दिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

म्यानपावर व्यवसायी होटेलमा मृत भेटिए, २५ जनालाई डेनमार्क पठाउने भन्दै उठाएका थिए ३७ लाख

काठमाडौं । मोरङको बिराटनगरस्थित एक होटलमा म्यानपावर व्यवसायी मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका-६ …

प्रतिकृया दिनुहॊस