काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने भएका छन् ।
स्वास्थ्यमन्त्री प्रदीप यादव, वन मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खानले राजीनामा दिएपछि प्रधानमन्त्रीले उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।
जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारमा सहभागी मन्त्रीहरूले पनि राजीनामा दिएका थिए । उनीहरूको राजीनामा स्वीकृत भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेका हुन् ।
यसअघि नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि ८ वटा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री आफैले सम्हालिरहेका छन् ।
प्रतिकृया दिनुहॊस