हिमालयन लघुवित्तको सीईओमा दोहोरिए विनोद आचार्य

काठमाडौं । हिमालयन बैंकको सहायक कम्पनी हिमालयन लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: विनोद आचार्य नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको २२७औँ बैठकले आचार्यलाई साउन १ देखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो।

उनको कार्यकाल असार मसान्तसम्म सकिँदै थियो। कार्यकाल सकिने भएपछि कम्पनीले आचार्यको नियुक्ति पुन: दोहोर्याएको हो।

उनको कार्यकाल ४ वर्षको हुने कम्पनीले जनाएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री