फाइल फोटो
फाइल फोटो

अख्तियारकी आयुक्त अमात्यको घरमा चल्यो डोजर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको डोजर चलाइएको छ । ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै उनको घरको पर्खाल भत्काएको हो ।

घर रहेको जग्गा १५ आना ३ पैसा रहेको र यो अमात्य दम्पतीले २०७८ असोज १ गते किनेको अभिलेखबाट देखिएको छ । तर स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन माग गर्दै आएका थिए ।

गुठीयार, आयुक्तको परिवार र महानगरबीच पटक-पटक छलफल गरेर जग्गा खाली गराउन आग्रह गरिएको भए पनि अटेरी गरेपछि डोजर चलाउनुपरेको महानगरले जनाएको छ । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले गुठीको जग्गा भएको र गुठीयारले पटक–पटक अनुरोध गर्दा पनि नमानेपछि भत्काउनु परेको बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस