युभेन्ट्सको अपराजित यात्रामा रोनाल्डो र मारियोको गोल

काठमाडौं । इटालियन क्लब युभेन्ट्सले आफ्नो अपराजित यात्रालाई कायम राख्दै एसपीएएललाई २-० ले हराएको छ। सिरी ए अन्तर्गत शनिबार भएको खेलमा शीर्ष स्थानको युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डो र मारियो मान्जुकीचले १-१ गोल गरे।

खेलको २८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सलाई सुरूवाती अग्रता दिलाए। मिरालेम प्यानिचको फ्रिकिक पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन्। युभेन्ट्सले एसपीएएलमाथि अधिकांश बल नियन्त्रणमा राखे पनि पहिलो हाफमा अग्रता बढाउन सकेन।

दोस्रो हाफको ६० औं मिनेटमा टोलीका कप्तान मारियो मान्जुकीचले अग्रता दोब्बर पारे। रोनाल्डोको पासमा डग्लस कोस्टाको प्रहारलाई गोलरक्षक गोमिसलाई लागेर फर्केर आएको बलमा उनले गोल गरेका थिए। त्यसपछि खेलमा थप गोल भएन र खेल युभेन्टसले २-० ले जित्यो।

यो नतिजासँगै युभेन्ट्सको १३ खेलमा १२ जित र १ बराबरीसँगै ३७ अंक भएको छ। यो सँगै दोस्रो स्थानको टोलीसँगको अग्रता ९ अंकमा पुगेको छ। युभेन्ट्सले लिगको प्रत्येक खेलमा गोल गर्ने रेकर्डलाई कायम नै राखेको छ। दोस्रो स्थानमा रहेको नेपोलीको १२ खेलमा २८ अंक छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस