प्रमोद खरेलले ल्याए ‘तानिन् उनैले…’ हेर्नुस् भिडियो

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रमोद खरेलकै युट्युब च्यानलमार्फत् ‘तानिन् उनैले…’ बोलको गीत सार्वजनिक गरिएको हो ।

मुकुन्द पौडेको शब्द समावेश उक्त गीतमा केशव पौडेलको संगीत सुन्न सकिन्छ । गीतलाई लिएर गायक प्रमोद खरेल पनि एकदमै उत्साहित छन् । उनी भन्छन्,‘मलाई मेरा दर्शक श्रोताले सधै साथ दिइरहनु भएको छ । यस गीतमा पनि उहाँहरूको साथ पाउनेमा म विश्वस्त छु।’

प्रमोद अहिले गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को कोचका रूपमा काम गरिरहेका छन् । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा नम्रता श्रेष्ठ र सुधिर खनालको अभिनय रहेको छ । रजिव समरको नृत्य निर्देशनमा तयार भएको भिडियोमा नम्रता र सुधिरको माया प्रेम देखाइएको छ । भिडियोको मेकिङमा केही फरकपन देखिन्छ ।

सार्वजनिक उक्त भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने गीतमा सहास शाक्यको एरेन्जमेन्ट रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकअप’

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ । आगामी असोज …

प्रतिकृया दिनुहॊस