सत्य कुरा बोल्दा ममाथि पार्टीभित्र घृणित राजनीति भयो, प्रतिवेदन सार्वजनिक गरियोस् : महामन्त्री ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले पार्टी संकटतिर धकेलिएको बताएका छन् । स्थापनाको छोटो समयमै संघीय संसद्का २१ सिट जित्न सफल पार्टी संकटतिर धकेलिएको उनले ल्गाएको प्रतिवेदनमा उल्लेख छ ।

महामन्त्री ढकालले वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ बुझाएका हुन् । उनले उक्त प्रतिवेदन बुधबार पार्टी सभापति रवि लामिछानेलाई बुझाएका छन् । उनले उक्त प्रतिवेदनमा गठनको दुई वर्षमै पार्टी तत्कालीन ‘विवेकशील’ कै बिजोग अवस्थामा पुग्न लागेको निष्कर्ष सुनाएका हुन् । ‘पार्टीमा पहिलेको जस्तो चार्म छैन,’ उनले भने, ‘जनतामा आकर्षण घट्दै गएको छ । बिस्तारै पार्टीको चार्म सकिँदै गएको छ ।’

महामन्त्री ढकालले सहकारी प्रकरणले मात्रै नभएर पार्टीले गरेका वाचा पूरा नगर्दा पनि जनतामा निराशा बढेको बताए । ‘सहकारीले मात्रै होइन, हामीले गरेको वाचाअनुसार काम नहुँदा निराशा बढेको छ’, उनले भने, ‘जनतामाझ जाँदा पार्टीको अवस्था संकटग्रस्त भएको देखेँ । हाम्राअगाडि ठूला चुनौती देखिएका छन् । मैले यसबारे नेतृत्वलाई घच्घच्याउन खोजेको छु ।’

उनले प्रतिवेदनमा पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गर्नु हितकर हुने समेत सुझाव दिएका छन् । आफूले जन्माएको पार्टी भएकाले प्रतिवेदनमा यथार्थ कुरा उल्लेख महामन्त्री ढकालको भनाई छ ।

ममाथि न्याय गरियोस् 
महामन्त्री ढकालले देशव्यापी समीक्षा यात्राको प्रतिवेदन सार्वजनिक नगरे आफूमाथि अन्याय हुने तर्क गरेका छन् । उनले सभापति रवि लामिछानेलाई यात्राको समीक्षा प्रतिवेदन आफूमा मात्र सीमित नराखी जस्ताको त्यस्तै सार्वजनिक गर्न पनि आग्रह गरेका छन् ।

प्रतिवेदनमा समेटिएका सबै विषय ११.३ लाख जनता थाहा पाउनुपर्ने उनको तर्क छ । ‘यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ, मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो,’ उनले पत्रमा लेखेका छन्, ‘मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइनँ। नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए । मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउनपर्छ । मेरो पनि राजनीतिक अधिकार हो । यो प्रतिवेदन ११.३ लाख जनता जसले घण्टीमा भोट हाले, उहाँहरूले पनि थाहा पाउनुपर्छ । यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ । ममाथि न्याय गरियोस्, यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला

काठमाडौं । बालयौन दुरुपयोगमा दोषी ठहरिएका ‘कथित’ तपस्वी रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय सुनाइएको …

प्रतिकृया दिनुहॊस