काठमाडौं । एमएमएस सेवा प्रदायक स्प्याराे एसएमएस, नेशनल परीक्षा बोर्ड (NEB) संगको निरन्तर सहकार्यमा यस बर्ष पनि एसईईको नतिजा एसएमएस मार्फत् सार्वजनिक गर्दैछ। यस सहकार्यले २०८०/२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)काे नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा पुर्याउनेछ।
यस साझेदारीले एसईई परीक्षाको नतिजा छिटो, भरपर्दो र सुविधाजनक पहुँच प्रदान गर्न लक्ष्य राखेको छ, जसले गर्दा विद्यार्थीहरू र उनका परिवारले महत्त्वपूर्ण जानकारी बिना ढिलाइ प्राप्त गर्न सक्ने कम्पनीकाे भनाइ छ ।
विगतका दिनमा ग्राहकहरूले एसएलसीको नतिजा हेर्नका लागि लामो लाइनमा पर्खिरहनुपरेको र पत्रिकाहरूमा घन्टौं खोज्नुपर्ने हुन्थ्याे । नतिजाको दिन तनावपूर्ण हुन्थ्यो र चर्को घाम वा भारि वर्षामा पनि निकै प्रतीक्षा गर्नु पर्ने समस्याको सामधानको लागि, स्प्याराे एसएमएसले नतिजा हेर्न प्रविधि शुरू गरेको थियो। स्प्याराे एसएमएसले एसएमएस आधारित प्रविधि प्रस्तुत गरेकै कारण विद्यार्थीहरूले एक साधारण एसएमएस मार्फत तुरुन्तै नतिजा प्राप्त गर्ने सुविधा पाउन सकिने कम्पनीकाे भनाइ छ।
एसएमएस आधारित नतिजा हेर्ने प्रविधिले विद्यार्थी र उनीहरूका अभिभावकहरूका लागि परीक्षा केन्द्रहरू जानु पर्ने वा जटिल अनलाइन पोर्टलहरू हेर्न आवश्यकतालाई हटाएर प्रक्रियालाई सरल स्प्याराे एसएमएसले दाबी गरेकाे छ।
एसईईको नतिजा २०८०/२०८१ एसएमएस मार्फत् कसरी हेर्ने ?
आफ्नो मोबाइल सन्देश बक्समा जानुपर्छ
नयाँ सन्देश लेख्नुपर्छ
टाइप गर्ने SEE <space> तपाईंको सिम्बोल नम्बर
३५००१मा एसएमएस पठाउने
“मोबाइल फोनको व्यापक प्रयोगको फाइदा उठाउँदै, यो एसएमएस आधारित नतिजा प्राप्त गर्न प्रविधिले देशका सबै कुनाका विद्यार्थीहरूले उनीहरूको भौगोलिक स्थान वा इन्टरनेट जडानको बाबजुद सजिलैसँग उनीहरूको एसईई नतिजा हेर्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्दछ,” स्प्याराे एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले बताए ।
स्प्याराे एसएमएस नेपालकाे एसएमएस सेवा प्रदायक हो, जसले BULK SMS, API Integration र महत्वपूर्ण जानकारी प्रसारण सहित विभिन्न सेवाहरू प्रदान गर्दछ। कनेक्टिविटी र जानकारीमा पहुँच सुधार गर्न प्रतिबद्ध, स्प्यराे एसएमएस विभिन्न संस्थाहरूलाई सेवा दिदैं आईरहेको छ।




