गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकमा नैना नेपाल ढकाल नियुक्त भएकी छिन् ।

त्यस्तै यस कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजूप्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त भएका छन् ।

कम्पनीकोअ अध्यक्षमा दीपक पाण्डे र सञ्चालकहरुमा सञ्जुप्रसाद जैसवाल र अनिल रेग्मी तथा स्वतन्त्र सञ्चालकमा महेश काफ्ले र नैना नेपाल ढकाल रहेका छन् ।

कम्पनीको सीईओमा निर्मल भट्टराई र कम्पनी सचिवमा अशोक सुवेदी रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोमबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ । …

प्रतिकृया दिनुहॊस