काठमाडौं । बाराको जितपुर–सिमरा उपमहानगरपालिकाको नगरसभा विथोलिएको छ । नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्षको विरोध र तोडफोडपछि नगरसभा नै स्थगित भएको छ ।
बजेट पेस गर्ने गरी बोलाइएको नगरसभामा एमाले र कांग्रेसका केही वडाध्यक्षले नगर प्रमुख राजन पौडेल प्रवेश गर्नेवित्तिकै विरोध गरेका थिए । उनीहरुले नगर सभामा रहेका कुर्सी र केही टेबल समेत तोडफोड गरेका छन् ।
उनीहरुको विरोध र तोडफोडपछि नगरसभा स्थगित गरिएको थियो । २०७९ सालको नगरसभा पनि एमालेका प्रतिनिधिले असहयोग गरेपछि स्थगित भएको थियो ।
प्रतिकृया दिनुहॊस