राजदूत छान्न रास्वपाले बनायो मापदण्ड (मापदण्ड र फारमसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको छ । रास्वपाको तर्फबाट हुनसक्ने सिफारिसका लागि पार्टीको अन्तराष्ट्रिट सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको हो ।

सोही मापदण्डका आधारमा रास्वपाले सर्वाजनिक सूचना जारी राजदूृतका लागि आवेदन मागेको छ । आएका आवेदनको अन्तिम सूचीबाट योग्यता क्रमका आधारमा रास्वपा सचिवालयको अनमोदनपछि नियक्तिको सिफारिस गरिनेछ । महामन्त्री मुकुल ढकालका अनुसार मापदण्ड पुगेका इच्छुकले राजदूतका लागि अनलाइन फारम भर्न सक्ने छन् ।

असार ६ मा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेबिच राजदूतमा भागबण्डा भएको थियो । सोही अनुसार सरकारले असार ७ मा ८ देशका लागि राजदूत सिफारिस गरेको थियो । एमालेबाट ५, अशोक राई नेतृत्वको जसपाका २ र माओवादीका १ जना राजदूतमा सिफारिस भइसकेका छन् भने रास्वपाको भागमा परेको दुई र माओवादीको भागका १ जनाको सिफारिस हुन बाँकी छ ।

मापदण्ड : https://shorturl.at/wqOF2

फारम : https://forms.gle/QJvXy6FGMPTKLGBR6

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस