कपिलवस्तुमा प्रदेशसभा सदस्य उम्मेदवारको गोली हानी हत्या

कपिलवस्तु । गत वर्ष सम्पन्न प्रदेशसभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदबार रहेका दिपेन्द्र कुमार चौधरी (राजा बाबु) को गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाँउपालिका-४ मोतीभारीस्थित घर नजिकै उनीमाथी गोली प्रहार भएको हो ।

उनलाई तत्काल लबनी स्वास्थ्य चौकीमा उपचार गर्न लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि मेडिकल कलेज पुर्‍याउँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । युवाहरुको दुई समूहबीच भइरहेको झडप मिलाउन जाँदा उनीमाथी गोली प्रहार भएको थियो । उनको शरिरका विभिन्न भागमा पाँच गोली लागेको प्रहरीले जनाएको छ ।

घटना गएराति ९ बजेतिर भएको र घटना लगत्तै उनलाई उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको भएपनि दश बजेतिर निधन भएको प्रहरी नायव उपरिक्षक रवि रावलले बताए । गोली प्रहार भएको स्थानमा गोलीका ३,४ खोका भेटिएको जनाउदै २ जना शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक सन्तोष पोखरेलले जानकारी दिए ।

त्कालीन फोरम लोकतान्त्रिकका नेतासमेत रहेका चौधरी पछिल्लो समय विजय गच्छदार कांग्रेसमा प्रवेश गरेपछि स्वतन्त्र रहँदै आएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

निर्मला पन्त हत्या प्रकरणमा प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको दाबी गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको सोह्रखुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको हो । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार अर्यालले मिडियामा दिएको विवरण सत्यतामा आधारित नभएको र समाजमा गलत सूचना फैलाउने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहॊस