काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको स्वतन्त्र संचालकमा मीनाकुमारी सैंजु नियुक्त भएकी छिन् ।
बैंकको हालै सम्पन्न संचालक समितिको बैठकले सैंजुलाई संचालकमा नियुक्त गरेको हो । संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले सैंजुलाई पद तथा गोपनियताको सफदग्रहण गराएका छन् ।
बैंकिङ क्षेत्रमा करिब ३० बर्षको अनुभव रहेकी सैंजु नेपाल बैंक लिमिटेडबाट २०६९ मा नायब महाप्रबन्धक पदबाट सेवा निबृत्त भएकी हुन् ।
बैंक वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस क्षेत्रमा विशेष दखल राख्ने सैजुको नियुक्तीले बैंक संचालनमा धरै सहयोग प्राप्त हुने कम्पनीको विश्वास रहेको छ ।
तपाईंको प्रतिकृया




