महालक्ष्मीको नयाँ शाखा झापाको दमक बजारमा

झापा  । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रमशमा   झापा जिल्ला, दमक नगरपालिका वडा नं ७, दमक बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त  शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले गरेका हुन् ।

उद्घाटनको समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता  गरे ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ८५ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि.को चुक्ता पुँजी २ अर्ब ८४ करोड रहको छ । हालसम्म करिब २६ अर्ब ८४ करोड निक्षेप संकलन गरी २४ अर्ब २ करोड कर्जा प्रवाह गरेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् …

प्रतिकृया दिनुहॊस