प्रहरीको प्रारम्भिक निष्कर्ष- अजित आफैंले बोकेको राइफलले निधारमा गोली हाने

काठमाडौं । संघीय संसद् भवनको सुरक्षामा खटिएका अजित गोलेले आफैँले बोकेको राइफलले गोली हानेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीकाअनुसार कार्यदलबाट खटिएका उनले आफैँले निधारमा गोली हानेको पाइएको हो ।

उनको शव बिहान संसद् भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो । ‘बाथरुमभित्र राइफल र गोलीसँगै उनी मृत अवस्थामा भेटिएका छन्,’ उनले भने, ‘प्रारम्भिक अवस्थामा उनले आफैँले गोली हानेको देखिन्छ । यद्यपि विस्तृत अनुसन्धान सुरु भएको छ ।’

मृतक गोले बिहान ६ बजेदेखि १० बजेसम्म सोही स्थानमा ड्युटीमा खटिएका थिए । उनले करिब ८ बजेर २ मिनेट जाँदा गोली हानेको अनुमान गरिएको छ ।

मृतक गोले दोलखाको मेलुङ गाउँपालिका-४ घर भई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई काठमाडौं उपत्यका प्रहरी कार्यालय संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds