प्रहरीको प्रारम्भिक निष्कर्ष- अजित आफैंले बोकेको राइफलले निधारमा गोली हाने

काठमाडौं । संघीय संसद् भवनको सुरक्षामा खटिएका अजित गोलेले आफैँले बोकेको राइफलले गोली हानेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीकाअनुसार कार्यदलबाट खटिएका उनले आफैँले निधारमा गोली हानेको पाइएको हो ।

उनको शव बिहान संसद् भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो । ‘बाथरुमभित्र राइफल र गोलीसँगै उनी मृत अवस्थामा भेटिएका छन्,’ उनले भने, ‘प्रारम्भिक अवस्थामा उनले आफैँले गोली हानेको देखिन्छ । यद्यपि विस्तृत अनुसन्धान सुरु भएको छ ।’

मृतक गोले बिहान ६ बजेदेखि १० बजेसम्म सोही स्थानमा ड्युटीमा खटिएका थिए । उनले करिब ८ बजेर २ मिनेट जाँदा गोली हानेको अनुमान गरिएको छ ।

मृतक गोले दोलखाको मेलुङ गाउँपालिका-४ घर भई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई काठमाडौं उपत्यका प्रहरी कार्यालय संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds