प्रतिकात्मक तस्बिर

अछाममा छाउगोठकी किशोरीमाथि सामूहिक बलात्कार, अचेत अवस्थामा उद्धार

काठमाडौं । छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीलाई सोमबार राति सामूहिक बलात्कृत भएको हो ।

पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मंगलबार बिहान अचेत अवस्थामा भेटिएकी थिइन् । उनी ११ वर्षदेखि मामाघरमै बस्दै आएकी थिइन् । उनलाई अचेत अवस्थामा देखेपछि स्थानीय एक किशोरीले प्रहरीलाई खबर गरेकी हुन् ।

किशोरीले जानकारी दिएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने लगायतले उनको उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएको थियो । अछाम जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनी बलात्कृत भएको पुष्टि भएको हो ।

अस्पतालमा उपचार पश्चात् होसमा आएकी पीडितले स्थानीय १७ वर्षीय किशोरले आफूमाथि बलात्कार गरेको प्रहरीलाई भनेकी थिइन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठककाअनुसार पक्राउ परेका किशोर किशोरीका नातेदार नै हुन् । उनीहरू एउटै विद्यालयमा अध्ययन गर्छन् ।

पीडितले ती किशोरसहित ३-४ जनाले बलात्कार गरेको बताएकी छन् । आँखा र घाँटीमा कपडाले बाँधेकोले अन्य व्यक्तिलाई आफूले चिन्न नसकेको पीडित किशोरीको भनाई छ ।

पीडितको बयानका आधारमा १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । अन्य को को थिए भन्नेबारे अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए । मंगलबार बिहान पीडितको उद्धारमा गएकी नगरप्रमुख अम्बिका चलाउनेको टोलीले छाउगोठ भत्काएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds