संसद् भवनमा आफैलाई गोली हानेका जवान गोलेको मृत्यु

काठमाडौं । संघीय संसद् भवनभित्र आफैलाई गोली हानेर एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार गेटमा खटिएका २२ वर्षीय प्रहरी जवान अजित गोलेले शौचालयभित्र गएर आफैँमाथि गोली चलाएका हुन् ।

संसद् भवनको २ नम्बर गेटका बायाँपट्टी रहेको शौचालय गएका उनले आफूले बोकेको राइफलले आफ्नै निधारमा फायर गरेको खुलेको छ । उनी बिहान करिब ८ बजेर १५ मिनेट जाँदा शौचालया मृत भेटिएका थिए ।

मृतक गोले दोलखाको मेलुङ गाउँपालिका-४ घर भई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई काठमाडौं उपत्यका प्रहरी कार्यालय संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए । घटनाको थप अनुसन्धान जारी रहेको एआईजी थापाले  जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds